अमेरिकी राष्ट्रपति ट्रम्पलाई तत्काल पदमुक्त गर्न उपराष्ट्रपतिमाथि दबाब

लेखाजोखा न्युज
२८ पुष २०७७, मंगलवार २२:३०

वाशिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई दबाब परेको छ । उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति ट्रम्पलाई हटाउन कुनै पहल नचालेमा ट्रम्मविरुद्ध महाअभियोगका लागि मतदान प्रक्रिया अघि बढ्ने बताइएको छ ।

ट्रम्पका समर्थकहरुले अनलाइनहरुमार्फत राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई कारबाही गर्ने चेतावनीपूर्ण सन्देशहरु प्रवाह गरिरहेका छन् । अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजरले उपराष्ट्रपतिले पेन्सले ट्रम्पविरुद्ध कुनै कदम चाल्‍न नसक्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरण गर्न नौ दिन बाँकी रहँदा उनीविरुद्ध महाअभियोग प्रस्ताव पेस गरिएको छ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक हमला ट्रम्पकै उक्साहटमा भएको आरोपमा सोमबार उनीविरुद्ध डेमोक्रेटहरुले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

डेमोक्रेटहरुले महाअभियोग बुधबार संसद्मा अघि बढ्ने बताइएको छ । बीबीसीका अनुसार उनीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल र मतदानका लागि भोलि बुधबार बिहान ९ बजे प्रतिनिधिसभा बैठक बस्‍नेछ ।

गत बुधबार डेमोक्रेटिक पार्टीका नेता जो बाइडननले गत नोभेम्बरमा सम्पन्‍न राष्ट्रपति चुनावमा हासिल गरेको जितलाई प्रमाणित गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हतियारसहित आक्रमण गरेका थिए । जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो । – बीबीसी