ट्रम्पको ट्विटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध

लेखाजोखा न्युज
२५ पुष २०७७, शनिबार ०७:५१

वाशिङ्टन । ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । ट्विटरले भनेको छ,”फेरि हिंसालाई बढावा दिनसक्ने खतरा भएका कारण ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिएको हो ।

ट्विटरले पछिल्ला ट्विटहरुको गहिरो समीक्षापछि सधैंका लागि बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुलाई यो ठूलो झड्का भएको बताइएको छ ।

केही सांसद् र सेलिब्रेटीहरुले राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट बन्द गर्न वर्षौंदेखि आग्रह गरिरहेका थिए । बिहीबार पूर्व पहिलो महिला मिसेल ओबामाले सिलिक भ्यालीले ट्रम्पको ‘दानवीय व्यवहार’ र उनलाई सधाका निष्कासन गर्न आग्रह गरेकी थिइन् ।

यसअघि बुधबार अमेरिकी संसद्‍मा हिंसात्मक आक्रमण भएपछि ट्विटरले ट्रम्पलाई १२ घण्टाका लागि निलम्बन गरेको थियो भने थप हिंसा भड्काउने गतिविधि गरे सधैंका लागि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो ।

३ नोभेम्बरको निर्वाचित पराजित ट्रम्पले बारम्बार आफ्नो जित दाबी गर्दै चुनावमा धाँधली भएको बताएपछि ट्विटरले उनका ट्विटहरु हटाउने, लुकाउने र चेतावनी सन्देश पठाउने गरेको थियो ।