१६ जेष्ठ २०८०, मंगलबार

अस्ट्रेलियामा लेबरले जुटायो बहुमत, एकतिहाई मतदाताले स्वतन्त्र र साना दल रुचाए

लेखाजोखा न्यूज

१७ जेष्ठ २०७९, मंगलबार ८:४५

एजेन्सी । अष्ट्रेलियाको लेबर पार्टीले संसदमा बहुमत प्राप्त गरेको निर्वाचन विश्लेषकहरूले बताएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको लेबरले २१ मेमा भएको चुनावमा स्कट मोरिसनको कन्जरभेटिभ गठबन्धनलाई पराजित गरेको थियो । स्वतन्त्र र साना दलहरूको अप्रत्यासित सिटले अल्बानिजलाई बहुमत पु¥याउन हम्मे देखिएको थियो ।

झन्डै एक तिहाई अस्ट्रेलियालीले मुख्य राजनीतिक दलबाहेकका पार्टीलाई मतदान गरेका थिए । तर, उनको पार्टीले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आवश्यक बहुमत जुटाउन सफल भएको छ ।

१५१ सदस्य रहेको तल्लो सदनमा कुनै पनि दलले बहुमत जुटाउन ७६ सिटमा विजयी हुनुपर्छ । लेबर पार्टी ७६ सिटमा विजयी भएको छ । तर, माथिल्लो सदन सिनेटबाट नीति तथा कानुन पारित गर्न उनको सरकार अफ्ठ्यारोमा पर्न सक्नेछ ।

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् । लगभग एक दशकपछि अस्ट्रेलियामा पहिलो लेबर सरकारको नेतृत्व गरेका अल्बानिजले जलवायु परिवतर्नको असर घटाउन महत्वपूर्ण निणर्य लिने अनुमान गरिएको छ । अनुभवी राजनीतिज्ञले थप महत्वाकांक्षी उत्सर्जन कटौती लक्ष्यहरू अपनाउने वाचा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend