सुदूरकी चेली स्मिता बनिन् सिंगिङ स्टार

लेखाजोखा न्युज
२१ पुष २०७७, मंगलवार २०:०९

काठमाडौं । नेपालको उत्कृष्ट गायन प्रतियोगितामा सुदूरपश्चिमकी  छोरी स्मिता बोहरा सिंगिङ् स्टार बनेकी छन् । मंगलबार भएको फाइनमा स्मिताले उपाधि हात पारेकी हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका-३ स्थायी घर भएकी स्मिताले एक सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै गायन प्रतियोगिताको उपाधि हात पारेकी हुन् ।

आफ्नो जादुमयी स्वरले स्रोता र निर्णायकहरुलाई मन्त्रमुग्ध पार्दै उपाधि हात पार्न सफल भएकी स्मिताले आफूलाई भोट दिएर उपाधि जिताउन साथ दिने सम्पूर्णलाई धन्यवाद दिएकी छन् ।

उनको स्वरमा तीनवटा गीत बजारमा आइसकेका छन् । ‘फुलमति’, ‘तिम्रै झल्को’ र ‘मलाई लाग्छ, मेरो देश’ बोलका गीतहरु सार्वजनिकमा स्मिताकाे स्वर सुन्न सकिन्छ।