१६ जेष्ठ २०८०, मंगलबार

कोरोना संक्रमणबाट एक चिनियाँसहित दुईकाे मृत्यु

लेखाजोखा न्यूज

७ साउन २०७७, बुधबार ४:३७

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली पुरुष र एक चिनियाँ नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय वृद्ध र ४९ वर्षीया चिनियाँ महिला रहेका छन् । धनुषाका पुरुषलाई खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २ गते भर्ना गरिएको थियो ।

उनको साउन ६ गते मृत्यु भएको हो । नमुना परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको छ । त्यसैगरी पोखरामा काम गर्दै आएकी चिनियाँ महिलालाई उपचारका लागि मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि साउन २ गते हेलिकोप्टरका लागि ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको थियो ।

उनलाई कोरोना पुष्टि भएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याएको थियो । उनको बुधबार उपचारका क्रममै त्रिवि शिक्षा अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend