१६ जेष्ठ २०८०, मंगलबार

सय कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ५ हजार ३७०

लेखाजोखा न्यूज

७ साउन २०७७, बुधबार ४:३३

काठमाडौं । नोभेल कोरोना भाइरसका १०० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक सय संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको पाँच हजार ३७० रहेको छ ।

पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

त्यसैगरी शून्य संक्रमित रहेका ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।

हालसम्म देशभर २८ वटा प्रयोगशालाहरुबाट सक्रिय रुपमा पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २०७ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ६८४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ७० दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ७७९ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २० हजार ८४४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend