१६ जेष्ठ २०८०, मंगलबार

भेरी अस्पतालमा गरिएको परिक्षणमा सात जनामा कोरोना संक्रमण

लेखाजोखा न्यूज

७ साउन २०७७, बुधबार ४:२९

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसो अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार प्रदेश ५ का दुई जिल्ला र कर्णाली प्रदेशको एक जिल्लामा सात जना संक्रमित थपिएका हुन् ।

अस्पतालका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ की २६ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ३६ वर्षीया महिला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २० बर्षीय पुरुषको स्वाब परिक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय पुरुष र वडा नम्बर ५ की १९ वर्षीया महिलामा कोरोना देखिएको छ । सल्यानका २५ र २७ बर्षीय दुई जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ७१ नमुना परिक्षण गर्दा सात जनाको रिपोर्ट पोजिटिभ आएको हो । बैशाख पहिलो साताबाट पीसीआर परिक्षण थालेको भेरी अस्पतालले हालसम्म १८ हजार दुई सय ७१ नुमना परिक्षण गर्दा सात सय ८९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend