जुनुको ‘यहाँ हार्नेको कथा’ सार्वजनिक (भिडियो)

लेखाजोखा न्युज
२० पुष २०७७, सोमबार ०९:१२

काठमाडौं । नेपालीबाहेक बंगाली र हिन्दी गीतमासमेत स्वर भरिसकेकी गायिका जुनु गौतमको नयाँ गीत सार्वजनिक भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर जुनुले नयाँ म्युजिक भिडियो ‘यहाँ हार्नेको कथा’ लिएर आएकी जुनुले यस गीतमा पनि दर्शक श्रोताबाट माया पाउनेमा आशा रहेको बताइन ।

गीतमा नविन श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने मनिष चक्रवर्तीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र नविन खड्काले अभिनय गरेका छन् । कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन्।