१६ जेष्ठ २०८०, मंगलबार

धनगढीमा गरिएको परीक्षणमा थप सात जनामा कोरोना देखियो

लेखाजोखा न्यूज

७ साउन २०७७, बुधबार ३:५६

धनगढी । सुदूरपश्चिमका थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कैलालीको धनगढीमा गरिएको परीक्षणमा थप सात जनामा संक्तमण देखिएको हो ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले पछिल्लो २४ घण्टामा एक सय ९१ जनाको कोरोना परीक्षणका क्रममा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जनामा संक्रमण देखिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका चार सय ८७, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७८ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend