२३ असार २०७९, बिहिबार

विष्णु पौडेलको वडामा पनि हार्याे एमाले

लेखाजोखा न्यूज

६ जेष्ठ २०७९, शुक्रबार ७:३०

एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमाले पराजित भएको छ। ३ हजार ४३० मत खसेको वडामा एमालेले ३५ मतले हारेको हो।

बुटवल। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमाले पराजित भएको छ। ३ हजार ४३० मत खसेको वडामा एमालेले ३५ मतले हारेको हो।

एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पङ्गेनी विजयी भएका छन्।

बुटवल ८ वडामा २०४९ सालयता पहिलो कांग्रेस विजयी भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend