२३ असार २०७९, बिहिबार

अर्थमन्त्री शर्माको गृहपालिकामा माओवादीकाे हार, कांग्रेसले बाजी मार्‍यो

लेखाजोखा न्यूज

६ जेष्ठ २०७९, शुक्रबार ६:४१

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माको गृहपालिका रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ।

मुसिकोटको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरे।

त्यसैगरी, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत पाए।

मुसिकोटमा कांग्रेस–एमाले तथा माओवादी–एकीकृत समाजवादीको गठबन्धन थियो। अर्थमन्त्री शर्माको वडामा समेत कांग्रेस विजयी भएको छ।

मुसिकोट– ५ मा कांग्रेसका समिरजंग मल्लले वडाध्यक्ष निर्वाचित भएका छन्। उनले माओवादी केन्द्रका सुशील गौतमलाई पराजित गरे। गौतम निवर्तमान वडाध्यक्ष हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend