२३ असार २०७९, बिहिबार

भरतपुर अपडेटः ५३,४६२ मतगणना सकिँदा यस्तो छ गठबन्धन र एमालेको अवस्था

लेखाजोखा न्यूज

६ जेष्ठ २०७९, शुक्रबार ६:२७

चितवन । भरतपुर महानगरपालिकामा ५३ हजार ४६२ मतको गणना भएको छ ।

जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले २० हजार १४३ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ७०० मत प्राप्त गरेका छन् । रेनु उनलाई पछ्याइरहेका विजयभन्दा ३ हजार २७३ मत अघि छिन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत प्राप्त गरेकी छन् ।

अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend