२३ असार २०७९, बिहिबार

हेटौँडा अपडेटः गठबन्धनकी मिनाको निरन्तर अग्रता

लेखाजोखा न्यूज

५ जेष्ठ २०७९, बिहिबार ८:०६

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।

हालसम्म ५८ हजार ६५८ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १८ हजार २७१ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १७ हजार २६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १६ हजार ३११ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend