२३ असार २०७९, बिहिबार

हेटौंडामा  गठबन्धन र राप्रपा वीच कडा टक्कर

लेखाजोखा न्यूज

२ जेष्ठ २०७९, सोमबार ७:५७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजार १५५ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल भने गठबन्धन भन्दा पछाडी पर्न थालेका छन् । पौडेलले ४ हजार ३८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ ७ हजार ४०८ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ५ हजार ३१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend