२३ असार २०७९, बिहिबार

भद्रपुरमा मेयर र उपमेयर दुवैमा एमाले पछाडि

लेखाजोखा न्यूज

२ जेष्ठ २०७९, सोमबार १२:०४

काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा मेयरमा कांग्रेस, उपमेयरम माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् । एमाले भने दुवै पदमा पछाडि परेको छ । मेयर पदमा कांग्रेसका गणेश पोखरेलले ३ हजार ७ सय २६ मत ल्याएर पहिलो स्थानमा छन् ।

दोस्रोमा रहेका एमालेका असारु राजवंशीले २ हजार ९ सय २१ मत ल्याएका छन् । राप्रपाका नगराज पनेरुले पनि २ हजार ५ सय ८९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

उपमेयर पदमा भने माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारी ३ हजार ३ सय ५७ मत ल्याएर पहिलो स्थानमा छन् ।

दोस्रोमा स्थानमा रहेकी राप्रपाकी राधा कार्कीले २ हजार ८ सय ६० मत ल्याएकी छिन् । एमालेकी कौशल्या अधिकारीले २ हजार ७ सय २९ मत ल्याएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend