२३ असार २०७९, बिहिबार

धरानमा कांग्रेसका राईको अग्रता

लेखाजोखा न्यूज

२ जेष्ठ २०७९, सोमबार ११:५२

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा कांग्रेसका उमेदवारले अग्रता बढाएका छन् । प्रमुख पदमा नेकपा एमालेकी उमेदवारले स्वतन्त्रलाई पछि पार्दै अग्रता कायम गरेकी छिन् ।

धरानमा १० हजार १४८ मतगणना पूरा भइसक्दा गठबन्धनबाट मेयरका उमेदवार किशोर राईले ३,३२२ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले २,५०३ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उमेदवारले २,३२५ मत ल्याएका छन् ।

गणना प्रारम्भ हुँदा स्वतन्त्रतर्फका उमेदवार साम्पाङ एमाले उमेदवारभन्दा अगाडि थिए ।

उपप्रमुखतर्फ गठबन्धन अइन्द्रविक्रम बेघा ३,५९१ मतसहित अग्रस्थानमा छन् । एमालेका पदम इस्वोले ३००० मत प्राप्त गरेका छन् ।

हालसम्म वडा नं १, २,३ र ४ को मतगणना सम्पन्न भइसकेको छ । अहिले ५ र वडा ६ मतगणना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend