२३ असार २०७९, बिहिबार

काठमाडौंमा कांग्रेसले खाता खोल्यो, दक्षिणकालीको मेयरमा बस्नेत विजयी

लेखाजोखा न्यूज

२ जेष्ठ २०७९, सोमबार ११:२४

काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले सेतोपाटीलाई बताइन्।

निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन।

बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।

उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित गरेकी हुन्।

वडा नम्बर १ मा एमालेका जय थापा मगरले जितेका छन्।

वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ का श्यामबहादुर खत्रीले जितेका छन्।

वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा अमृका बलामीले जितेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend