२३ असार २०७९, बिहिबार

एमालेको विजय जुलुसमा जान लागेकाे गाडी दुर्घटना, तीनको मृत्यु

लेखाजोखा न्यूज

२ जेष्ठ २०७९, सोमबार ११:१९

कैलाली । विजयी जुलुसमा सहभागी गराउने यात्रु लिन‍ जाँदै गरेको माइक्रो बस(हायस) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानीमा ​आज बिहान ९:३० बजेतिर से. १ ज २७७ नम्बरको हायस दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले एमालेको विजयी जुलुसमा कार्यकर्ता लिन दार्चुलाको गोकुलेश्वरबाट ग्वानीतर्फ जाँदै गरेको हायस दुर्घटनामा परेको बताए ।

उनले दुर्घटना चालक प्रकाश धामी (२२), सहचालक नवीन सिंह धामी (२२) र स्थानीय १९ बर्षका हरि सिंह धामीको घटनास्थलमै मृत्यु भएको बताए । हायस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend