काठमाडौं । विगत एक महिनादेखि आन्दोलनरत उखु किसानहरुलाई सरकारले बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । उखु किसानहरुलाई अबको २१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ ।
माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच सोमबार चार बुँदे सहमित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिएका छन् ।
चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको उनले बताए ।
२१ दिनभित्र उखु किसानहरुलाई बक्यौता रकम भुक्तानी नगरे कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।