चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको माडी नगरपालिकामा मतगणना भइरहेको छ। वडा नम्बर १ र ९ मा भइरहेको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधित्व गरिरहेको छ। हलो चिन्हबाट उमेदवारी दिएका वडा नम्बर १ मा अमित लामा र वडा नम्बर ९ मा कुलबहादुर दुराले अग्रता लिएका हुन्।
वडा नम्बर १ मा ८०० मत गन्दा मेयरको लागि हँसिया हथौडामा ३१३, सूर्यमा ३६५ मत प्राप्त भएको छ। यस्तै उपमेयरमा रूखमा ३१८, पुतलीमा २३२ र हलोमा ९२ मत प्राप्त भएको छ। वडा नम्बर १ को अध्यक्षको लागि रूखमा २७१, हलोमा ३५७, सूर्यमा २६ मत प्राप्त भएको छ।
यस्तै वडा नम्बर ९ मा ५०० मत गन्दा मेयरका लागि हँसिया हथौडामा ६०, सूर्यमा ११२ मत प्राप्त भएको छ भने उपमेयरका लागि रुखमा ४८, पुतलीमा २१ र हलोमा ७५ मत प्राप्त भएको छ। वडा अध्यक्षका लागि भने हँसिया हथौडामा ६०, हलोमा ६६ र सूर्यमा ५८ मत प्राप्त भएको छ। मत गणना जारी छ।