६ जेष्ठ २०७९, शुक्रबार

सर्वदलीय बैठकपछि महालक्ष्मीकाे मतगणना सुरु

लेखाजोखा न्यूज

३१ बैशाख २०७९, शनिबार २:३०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ ।

लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञवालीका अनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेकाे थिएन ।

तर, अहिले सर्वदलीय बैठककाे सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खाेलिएकाे अधिकृत ज्ञवालीले जानकारी दिइन् ।

प्रतिनिधि विवाद र उम्मेदवार नभएको चिह्नमा मत परेको सम्बन्धमा विवाद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend