६ जेष्ठ २०७९, शुक्रबार

डोटीका ६ पालिकामा मतगणना जारी

लेखाजोखा न्यूज

३१ बैशाख २०७९, शनिबार २:२०

डोटी । डोटी जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहमा मतगणना जारी रहेको छ । जोरायल, बडिकेदार, बोगटान फुड्सिल, आर्दश, पूर्वीचौकी गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकामा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयका करुणाकर पाण्डेले जानकारी दिए ।

यसैगरी सायल, केआइसिंह गाउँपालिका तथा शिखर नगरपालिकामा भने केहीबेर पछि मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले बताए । जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ (६४ दशमलव ३३ प्रतिशत) मतदान भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend