६ जेष्ठ २०७९, शुक्रबार

ललितपुरको महालक्ष्मीमा मतगणना स्थगित

लेखाजोखा न्यूज

३१ बैशाख २०७९, शनिबार १०:४९

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मतगणना स्थगित भएको छ ।

वडा नम्बर ६ को मतगणना हुँदै गर्दा १५ वटा मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि गणना रोकिएको छ ।

चार सय मत गणना सकिएपछि अर्को बण्डल खोल्ने क्रममा १५ मतपत्रका निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत भेटिएको थियो । महाकांल माध्यमिक विद्यालय केन्द्रमा खसेको मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो ।

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दलका कार्यकर्ता नाराबाजीमा उत्रेका छन् । हस्ताक्षर नगरेका मतपत्र भेटिएपनि कुल खसेको मतपत्रमा भने फरक देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend