६ जेष्ठ २०७९, शुक्रबार

मुस्ताङको घरपझोङ पालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतले विजयी

लेखाजोखा न्यूज

३१ बैशाख २०७९, शनिबार ९:४९

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनर्सिंह लालचन २ मतको अन्तरले निर्वाचित भएका छन् ।

लालचनले ७६० मत ल्याएर विजयी हुँदा एमालेका सन्जयकुमार थकाली ७५८ मा स्तब्ध भए । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतका साथ बिजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६१८ मत पाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend