राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपाको युवा संगठनले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । बबरमहलबाट सुरु भएको र्याली थापाथली-त्रिपुरेश्वर-सुन्धारा-रत्नपार्क-जमल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भएको थियो । सभालाई राप्रपाका अध्यक्षहरु कमल थापा, अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सम्बाेधन गरेका थिए ।