६ जेष्ठ २०७९, शुक्रबार

एमालेका वडाअध्यक्ष उम्मेदवारमाथि निर्घात कुटपिट

लेखाजोखा न्यूज

२८ बैशाख २०७९, बुधबार ६:३०

दार्चुला । दार्चुलाकाे दुहु गाउँपालिका ५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले कुटपिट गरेका छन्। मंगलबार साँझ प्रचारप्रसारबाट फर्किने क्रममा उनीमाथि कुटपिट भएको हो ।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, बिरेन्द्र महरा,लालसिंह महरा लगायतको टिममाथि कुटपिट भएको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिए। उनले दोषीलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend