६ जेष्ठ २०७९, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपति सर्वोच्च अदालत जाँदै

लेखाजोखा न्यूज

२६ बैशाख २०७९, सोमबार ११:०४

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो सर्वोच्च अदालत जाने भएका छन् । आजै उपराष्ट्रपति नन्दबहादुर पुन पनि सर्वोच्च अदालत जान लागेका हुन् ।

कानुन दिवसको उपलक्ष्यमा सर्वोच्च अदालत परिसरमा आयोजना गर्न लागिएको कार्यक्रममा उनिहरु जान लागेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । कार्यक्रममा विभिन्न संवैधानिक अंगका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा कानुन दिवस मनाउन लागिएको हो ।

आजै सर्वोच्च परिसरमा जलपान कार्यक्रमसमेत राखिएको छ । कार्यक्रम दिउँसो २ बजे हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend