२२ मंसिर २०८०, शुक्रबार

ट्रम्पले गरे मास्कको प्रशंसा र मास्क लगाउन अपिल

लेखाजोखा न्यूज

७ साउन २०७७, बुधबार ८:२८

वाशिङ्‌टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरससम्बन्धी दैनिक ब्रिफिङ्‌मा फर्किएका छन् र केही बोलीमा पनि परिवर्तन ल्याएका छन् । उनले ह्वाइटहाउसमा मंगलबार भएको ब्रिफिङ्‌मा अमेरिकामा कोरोना भाइरसको महामारी ‘सुधार हुनु पूर्व खराब’ भएको बताएका छन् ।

ट्रम्पले ब्रिफिङ्गको क्रममा सबै अमेरिकीलाई मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेका छन् । मास्क वा रुमालले मुख छोप्दा कोरोना भाइरसको संक्रमणबाट जोगिने भन्दै उनले राष्ट्रप्रेम दर्शाउन पनि मास्क लगाउन आपिल गरेका हुन् ।

ट्रम्पले भने ब्रिफिङ्‌मा सहभागी हुँदा मास्क लगाएका थिएनन् । उनले यसअघिसम्म लगातार मास्कको विपक्षमा बोल्दै आएका थिए । आफूले मास्क लगाउँदै नलगाउने र नागरिकलाई मास्क लागउनका लागि अपिल नगर्ने बताएका ट्रम्पले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाएको देखिएका थियो ।

अमेरिकाभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अति तीव्र गतिमा बढी रहेका बेला सल्लाहकारहरुले ट्रम्पलाई बोली परिवर्तन गर्न सुझाव दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गत अप्रिलमा कोरोना भाइरसको उपचार मानिसको शरीर डिस्इन्फेक्ट गर्न इन्जेक्सन लगाए हुने बताएपछि ट्रम्पले ह्वाइट हाउसमा हुँदै आएको नियमित ब्रिफिङ्ग बन्द गरेका थिए । इन्जेक्सन र ब्लिचिङ्गको सुझावपछि ट्रम्पको चौतर्फी आलोचना भएको थियो ।

झण्डै तीन महिनापछि ह्वाइट हाउसमा भएको पहिलो ब्रिफिङ्‌मा ट्रम्पले भने, “दूर्भाग्यवस यो महामारी सुधार हुनु पूर्व खराब भएको हुनसक्छ ।”

उनले भने, “हामीले सबैसँग यो आग्रह गर्छौँ की सामाजिक दूरी कायम गर्न नसक्ने अवस्थामा मास्क लगाउनु होला । मास्क तपाईँलाई मन परोस् या नपरोस्, त्यसको प्रभाव छ । त्यसको प्रभाव हुनेछ र हामीले सम्भव भएका सबै प्रयास अपनाउनु पर्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend