१९ असोज २०७९, बुधबार

तुइनबाट खसेर मृत्यु

लेखाजोखा न्यूज

७ साउन २०७७, बुधबार ८:११

हेटौंडा । हेटौंडामा तुइनबाट खसेर एकजना वृद्धको ज्यान गएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ लालझाडी निवासी ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको तुइनबाट खसेर मृत्यु भएको हो ।

हेटौंडा १ चौकिटोल स्थित राप्ती खोलामा तुइनको साहारामा ओहोर दोहोर गर्ने क्रममा खसेर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।

मंगलबार दिउँसो तुइनका माध्यमले राप्ती खोला पार गर्ने क्रममा लडेर घाइते भएका पराजुलीको उपचार गर्न भरतपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend