११ असोज २०८०, बिहिबार

नोबेल पुरस्कारको वार्षिक समारोह रद्द

लेखाजोखा न्यूज

७ साउन २०७७, बुधबार ७:११

काठमाडौं । कोरोना महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरएको छ । कोरोनाका कारण ६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह स्थगित भएको छ ।

यस वर्ष पनि नोबेल पुरस्कार जित्नेहरुको घोषणा भने गरिने छ । हरेक वर्ष डिसेम्बर १० मा आयोजना गरिने समारोह नहुने बीबीसीले जनाएको छ ।

नोबेल फाउन्डेसनका अनुसार कोरोनाको कहरका बीच नोबेल पुरस्कार र समारोह नयाँ ढंगबाट गरिने छ । फाउन्डेसन अहिले विशेष परिस्थिति भएको र परिस्थिति अनुसार सबैले अगाडि बढ्नु पर्ने आवश्यकता रहेको जनाएको छ ।

यसअघि १८५६ मा तत्कालीन सोभियत संघले हंगेरीमाथि आक्रमण गर्दै नोबेल पुरस्कार समारोह स्थगित भएको थियो ।

–बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend