सिडेनको अध्यक्षमा उमेश थानी विजयी, यस्तो छ अन्यको नतिजा

लेखाजोखा न्युज
५ पुष २०७७, आईतवार ०९:४२

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैठौं केन्द्रीय कार्य समितिको निर्वाचनमा उमेश थानी विजयी भएका छन् । उनले धुव्र थापलाई एक सय ३३ मतले पराजित गरेका छन् ।

मत गणनाको परिणामअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा निकट थानीले एक हजार ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी वरिष्ठ नेता रामचन्द्र पाैडेलनिकट थापाले नाै सय नाै मत प्राप्त गरेका छन् ।

सिडेनकाे उपाध्यक्षमा मन्दीप सुवेदी विजयी भएका छन् । उनले सूर्यबहादुर पाण्डेलाई तीन सय ८४ मतले पराजित गरेका छन् । सुवेदीले एक हजार एक सय ६१ र पाण्डेले सात सय ७७ मत प्राप्त गरेका छन् ।

सिडेनको महासचवमा रोशनराज गिरी विजयी भएका छन् । उनले प्रेमचन्द्र रायलाई एक सय ५४ मतले पराजित गरेका हुन् । गिरीले एक हजार ४२ मत प्राप्त गर्दा रायले आठ ८८ मत प्राप्त गरेका छन् ।

सिडेनको निर्वाचन पुस ४ मा हुँदै, अध्यक्षमा इन्जिनियर थानीको दाबी

विरेन्द्र खड्कालाई नाै मतले पराजित गर्दै सुमन पुडासैनी सिडेनको उपमहासचिवमा विजयी भएका छन् । विजयी पुडासैनीले नाै सय ६८ मत प्राप्त गर्दा खड्काले नाै सय ५९ मत प्राप्त गरेका छन् ।

यस्तै कोषाध्यक्षमा श्याम दाहाल विजयी भएका छन् । उनले कौशल केसीलाई ८० मतले पराजित गरेका छन् । दाहालले एक सय तीन मत र केसीले नाै सय २३ मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा सुजित कोइराला, ललिता केसी, निरज बराल, प्रवेश अधिकारी, पर्पुजा केसी, सौगात रेग्मी, पुनम पाल, नारायण घिमिरे, मानवेन्द्र निधि, सुर्दशनकुमार पौडेल, सुजन पौडेल, पुरुषोत्तम शर्मा, हरिश बोहरा विजयी भएका छन् ।

सिडेनको निर्वाचन सुरु, कस्तो छ समिकरण ?

सिडेन निर्वाचन : उमेश थानी बलिया उम्मेदवार, ध्रुव थापालाई विवादित काफ्लेको समर्थन

No description available.