विश्‍वभर जीमेल, गुगल र युट्युब डाउन !

लेखाजोखा न्युज
२९ मंसिर २०७७, सोमबार १८:०६

काठमाडौं । विश्‍वभर जिमेल, गुगल र युट्युब डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार यो समस्या ११:५६ जीएटी अर्थात नेपाली समय अनुसार ५:४५ बजेदेखि जीमेल, गुगल र युट्युव डाउन भएका हुन् ।

गुगलले उक्त समस्याबारे अहिलेसम्म केही जानकारी नदिएको मिरर डट युकेले जनाएको छ । जीमेलमा ‘टेम्प्रोररी इरर’ देखाइरहेको छ ।

त्यसैगरी युट्यबमा बाँदरजस्तो देखिने कार्टुन देखिएको छ ।