२३ असार २०७९, बिहिबार

‘ए मेरो हजुर–४’ बाट दुर्गेशको सिन हटाउने तयारी

लेखाजोखा न्यूज

२५ चैत्र २०७८, शुक्रबार १०:०७

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–४’बाट गायक दुर्गेश थापाको सिन हटाउने तयारी गरिएको छ । पल शाहसँग जोडिएपछि विवादमा परेका थापाको रोल हटाउने तयारी निर्माण पक्षले तयारी गरेको हो ।

नायक पल शाहका फ्यानले उनको आलोचना गरिरहेकाले चलचित्र रिलिज हुँदा त्यसको असर बक्सअफिसमा पर्नसक्ने निर्माण पक्षले आंकलन गरेको स्रोतको दाबी छ ।

“हामीले यस विषयमा निर्णय गरिसकेका छैनौं । तर, के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,” ए मेरो हजुर–४ का निर्माता सुनील कुमार थापाले भने, “प्रिमियर गरेपछि कस्तो प्रतिक्रिया आउँछ त्यसपछि निर्णयमा पुग्ने कि भन्ने पनि छ ।”

चलचित्रमा उनको गायकको छोटो रोल रहेको छ । उनले गेष्ट अपिरियन्सका रूपमा मात्रै दुर्गेश रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend