काठमाडौं । सामाजिक सञ्जाल प्ल्टफर्म फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर विश्वभर डाउन भएको छ । बिहीबार बेलुका विश्वभर सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्टस्टाग्राम र म्यासेन्जर डाउन भएपछि प्रयोगकर्ताहरुले निराश भएका छन् ।
डाउन डिटेक्टरका अनुसार बेलायतमा बिहान ९ बजेदेखि र सिड्नीमा बेलुका ८ बजेदेखि तथा नेपालमा बिहीबार बेलुका ५ बजेदेखि समस्या आएको हो । नेपालमा फेसबुकमा खासै समस्या नदेिए पनि म्यासेन्जर र इन्स्टाग्राममा भने समस्या देखिएको छ ।
उक्त समस्या बेलायत, युरोप, अस्ट्रेलिया र केही एसियाली मुलुकमा समस्या आएको हो ।
प्रयोगकर्ताहरुले म्यासेज लेख्न सक्छन् तर, उक्त म्यासेज पठाएको व्यक्तिलाई भने गइरहेको छैन । यो समस्या कसरी आयो भन्ने अझै खुलाइएको छैन ।
User reports indicate Facebook is having problems since 5:36 AM EST. https://t.co/8wgYQLKxCu RT if you’re also having problems #Facebookdown
— Downdetector (@downdetector) December 10, 2020