२२ मंसिर २०८०, शुक्रबार

जुनसुकै नेटवर्कमा कम पैसामा कल गर्न सकिने टेलिकमको नयाँ भ्वाइस प्याक

लेखाजोखा न्यूज

१६ चैत्र २०७८, बुधबार ५:३७

काठमाडौं । नेपाल टेलिकमले नयाँ अल नेट भ्वाइस प्याक अफर सार्वजनिक गर्ने भएको छ। टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको हो।

टेलिकमले हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अल नेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो।

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइएको छ।

यसका साथै सेवाग्राहीहरूको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सियुजी प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन्।

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपैयाँमा खरिद गर्न सकिन्छ।

साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुनेछ।

अब ५९९ रुपैयाँमा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जिबी डेटा चलाउन सकिनेछ। साथै, ७९९ रुपैयाँमा कम्पनी भित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ। यो प्याकमा प्रतिदिन १ जिबी डेटा समेत चलाउन सकिन्छ।

९९९ रुपैयाँ र १४ सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनी भित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ। त्यसैगरी, यी प्याकमा क्रमशः प्रतिदिन २ जिबी र ४ जिबी डेटा तथा ४०० वटा र १,००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ।

कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन्। ५९९ रुपैयाँमा कम्पनी भित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ।

यी प्याकहरू पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने टेलिकमले बताएको छ। नयाँ प्याकहरू यही चैत १७ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ। कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत् छन्। नयाँ अफरबाट टेलिकमका ग्राहकहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्ता छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend