नयाँ दिल्ली । भारतीय क्रिकेटर पार्थिव पटेलले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । पटेलले बुधबार क्रिकेटका सम्पूर्ण फर्म्याटहरुबाट सन्यास लिने घोषणा गरेका हुन् ।
भारतीय क्रिकेटका विकेटकिपर- ब्याट्सम्यान रहेका पटेलले सन् २००३ मा न्युजिल्यान्डविरुद्धको ओडीआई खेलबाट डेब्यु गरेका थिए । उनले भारतका लागि २५ टेस्ट खेलका छन् । जसमा उनले ९३४ रन बनाएका छन् भने आफ्नो नाममा ६२ क्याच दर्ता गराएका छन् ।
ओडीआई फर्म्याटमा ३८ खेल खेलका उनले ७३६ रन बनाएका छन् भने २० क्याच गरेका छन् ।
यही वर्ष एम एस धोनी र सुरेश रैनाले पनि सन्यास घोषणा गरेका थिए ।