२० मंसिर २०७९, मंगलबार

डाटा र इन्टरनेटको शुल्क घटाउने नेपाल टेलिकमको तयारी

लेखाजोखा न्यूज

५ चैत्र २०७८, शनिबार ६:५६

काठमाडौं । नेपाल टेलिकमले डाटा र इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् ।

ब्यान्डविथको मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको उनले स्पष्ट पारिन् । तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।

कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेस डाटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गरिन् । नायब प्रबन्ध निर्देशक पहाडीले वायरलेस डाटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनुपरेको बताइन् ।  नायब प्रबन्ध निर्देशक पहाडीले भनिन्, ‘प्याकेजमा नलिएको हुनाले पिक्स इन्टरनेटको मूल्य महँगो भनिएको हो कि रु नत्र भने मलाई लाग्छ– यो वायरलेस डाटाको शुल्क १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ ।’

नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घट्नेबित्तिकै डाटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend