मंसिर १८ मा नेकपा स्थायी कमिटी बैठक

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १६:५१

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर १८ गते बस्‍ने भएको छ । नेकपामा आन्तरिक विवाद बढ्दै गएर दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच व्यक्तिगत तवरमै आरोपप्रत्यारोप भएपछि पार्टी गम्भीर मोडमा पुगेको हो ।

मंगलबार बसेको सचिवालय बैठकमा पार्टीको आन्तरिक निकासका लागि केही सहमति हुनसक्ने अपेक्षा गरिए पनि कुनै ठोस निर्णय हुन सकेन ।

पार्टीको स्थायी कमिटी बैठक निर्धारित मिति मंसिर १८ गते नै बस्‍ने र सोही बैठकबाट पार्टीका थप समस्याहरु समाधान गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबारको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन परेकोले केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो । मंगलबारको बैठकमा दुबै अध्यक्षले प्रस्तुत गरेका प्रतिवदेनमाथि नेताहरुले आफ्नो धारणा राखेका थिए । बुधबार पनि सचिवालय बैठक बालुवाटारमा नै बस्‍ने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा सचिवालय बैठकमा केक काटियो, ओली-दाहालका प्रस्तावमाथि छलफल