देशभर एक हजार ३०४ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु १६ हजार ६३३ सक्रिय संक्रमित रहेका छन् भने एक हजार ५२९ जनाको मृत्यु भइसकेको छ

लेखाजोखा न्युज
१६ मंसिर २०७७, मंगलवार १६:१५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३०४ कोरोना भाइरस संक्रमित थपिएका छन् । यही अवधिमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५२९ पुगेको छ । हालसम्म देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ७३ कोरोना भाइरस संक्रमित विभिन्‍न अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । हालसम्म दुई लाख १६ हजार ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ पुगेको छ भने ६१६ जना क्‍वारेन्टाइनमा रहेका छन् । हालसम्म देशभर १७ लाख ४६ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ ।