उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल

लेखाजोखा न्युज
१५ मंसिर २०७७, सोमबार २१:५०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए । आज भएको निर्वाचनमा कुल ७२ मत मध्येमा ७१ मत खसेको थियो ।