भारतमा प्रतिबन्ध लगाइएको चिनियाँ एप टिकटकमा प्रधानमन्त्री ओली

लेखाजोखा न्युज
१५ मंसिर २०७७, सोमबार १६:१६

काठमाडौं । जासुसी गर्ने गरेको भन्दै भारतमा प्रतिबन्ध लगाइएको चिनियाँ एप टिकटकमा प्रधानमन्त्री ओलीले आफ्नो अकाउन्ट खोलेका छन् । यसअघि व्यक्तिगत विवरणको जासुसी गर्ने गरेको, धर्म संस्कृतिमा विकृति ल्याएको भन्दै संयुक्त राज्य अमेरिका, भारत र पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।

तर, अमेरिकामा भने टिकटकले प्रतिबन्धविरुद्ध उजुरी दिएपछि तत्काल प्रतिबन्ध नगर्न आदेश दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो सेयरिङ एप टिकटकमा उपस्थिति जनाएका हुन् । उनले आइतबार खोलिएको टिकटक अकाउन्ट भेरिभाइडसमेत भएको छ ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको जानकारी दिए ।

हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज ८० हजार बढी पुगिसकेको छ । १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन् ।

विश्वका विभिन्‍न मुलुकमा चिनियाँ एपहरुले जासुसी गर्ने गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाइरहेका बेला नेपालमा भने प्रधानमन्त्रीले नै उक्त एपमा उपस्थिति जनाएका हुन् ।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal♬ original sound – We support Nepal – KP Sharma Oli