श्वासप्रश्‍वासमा समस्या भएपछि क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

लेखाजोखा न्युज
१५ मंसिर २०७७, सोमबार ०८:०४

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार अवस्था सामान्य रहेको छ । उनलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।