विश्‍वभर १३ लाख ८५ हजारको मृत्यु, ५ करोड ८४ लाख संक्रमित हालसम्म विश्वभर चार करोड चार लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने एक करोड ६६ लाख सक्रिय संक्रमित रहेका छन्

लेखाजोखा न्युज
७ मंसिर २०७७, आईतवार ०५:५०

काठमाडौं । सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणबाट विश्वभर १३ लाख ८५ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।

विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेक्रम बढ्ने आँकलन भइरहँदा आइतबारसम्म १३ लाख ८५ हजार ७०६ जनाको मृत्यु भइसकेको छ ।

यससँगै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ८४ लाख ६४ हजार ६३५ पुगेको छ । त्यसैगरी विश्वभर कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ४ करोड ४ लाख ४० हजार ८८९ रहको छ ।

विश्वभर हालसम्म सक्रिय संक्रमितको संख्या एक करोड ६६ लाख ३८ हजार ४० रहेको छ ।

विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिका रहेको छ । अमेरिकामा हालसम्म एक करोड २४ लाख ३६ हजार ३२५ संक्रमित छन् भने दुई लाख ६१ हजार ७४९ को मृत्यु भइसकेको छ ।

दोस्रो नम्बरमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ९० लाखभन्दा बढी रहेको छ भने एक लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तेस्रो नम्बरमा रहेको ब्राजिलमा ६० लाखभन्दा बढी संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भइसकेको छ ।

युरोपियन मुलुक फ्रान्समा पनि पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ भने ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।