कमेडियन भारती सिंह पक्राउ, पति हर्षसँग सोधपुछ हुँदै

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार १९:४१

नयाँ दिल्ली । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले भारतीय हास्य कलाकार (कमेडियन) भारती सिंहलाई पक्राउ गरेको छ । कमेडिन सिंह प्रोडक्सन हाउसमा लागु औषध गाँजा फेला परेपछि एनसीबीले शनिबार उनलाई पक्राउ गरेको हो ।

एनसीबीका अधिकारीहरुले शनिवार भारती र उनका पति हर्षको प्रोडक्शन हाउस र घरमा छापा हान्ने क्रममा झण्डै ८६.५ ग्राम लागु पदार्थ गाँजा बरामद भएको जनाएका छन् ।

एनसीबीका अधिकारीहरुका अनुसार भारती र हर्षले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन् । विभागले भारतीलाई पक्राउ गरिएको र उनका पति हर्षसँग सोधपुछ भइरहेको जनाएको छ ।