अफगानिस्तानको काबुलमा रकेट आक्रमण, आठ जनाको मृत्यु, ३० जना घाइते

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार १९:०२

काठमाडौं । अमेरिका–तालिवान वार्ताको पूर्वसन्ध्यामा अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण हुँदा आठ जनाको मृत्यु भएको छ ।

आन्तरिक मन्त्रालयका अधिकारीहरुले शनिवार बिहान एक आवासिय क्षेत्रमा दुई वटा कारहरुबाट झण्डै २० मोर्टार (रकेट) प्रहार हुँदा आठ जनाको मृत्यु भएको बताएका छन् ।

आक्रमणमा ३० जना घाइते भएका छन् । आक्रमणबाट कयौं भवन र सवारी साधनहरुमा क्षति पुगेको बताइएको छ ।

यसैबीच तालिवानले उक्त आक्रमणमा आप्mनो संलग्नता अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो तालिवानको वार्ता टोलीसँग कतारको दोहामा भेट गर्ने भएका छन् ।