आपत्कालिक अनुमतिका लागि आवेदन दिँदै फाइजर

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार ०६:४६

वासिङटन । अमेरिकी औषधि निर्माता कम्पनी फाइजर र उसको साझेदार ‘बायोनटेक’ ले आप्mनो कोभिड–१९ भ्याक्सिनको अनुमतिका लागि अमेरिकामा आपत्कालिक आवेदन दिन लागिएको जनाएका छन् ।

अमेरिकाको खाद्य र औषधि नियन्त्रण विभाग (एफडीए) ले भने आगामी डिसेम्बर महिनाको पहिलो साता भ्याक्सिन प्रयोगका लागि अनुमति दिने लक्ष्य राखेको छ । फाइजर र बायोनटेकले अनुमति पाएपछि केही घण्टाभित्रै खोपको डोज उपलब्ध गराउन सुरू गरिने बताएका छन् ।

यद्यपि, बीबीसीले भ्याक्सिन अझै ठूलो परिणाममा प्रयोग गरिने कुरा धेरै टाढा रहेको उल्लेख गरेको छ । सुरुवाती खोपको डोज अझै थोरै मात्रामा भएका कारण ठूलो परिणाममा प्रयोग गरिने कुरा धेरै टाढा रहेको बीबीसीले जनाएको छ ।

भ्याक्सिनको ट्रायल (परीक्षण) को उपलब्ध नतिजाअनुसार यो ९५ प्रतिशत प्रतिशत वयस्कलाई संक्रमणबाट सुरक्षा दिन्छ । अमेरिकी कम्पनी ‘मोडर्ना’ र ‘एस्ट्रा जेनेका’ का भ्याक्सिन पनि अन्तिम चरणमा छन् ।