विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड ७८ लाख ८८ हजार १२ पुग्यो १३ लाख ७६ हजार ७४९ काे मृत्यु, संक्रमणमुक्त हुनेकाे संख्या चार करोड ९३ हजार ११३

लेखाजोखा न्युज
६ मंसिर २०७७, शनिबार ०६:३१

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा पाँच करोड ७८ लाख नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७८ लाख ८८ हजार १२ पुगेको छ ।

जसमध्ये चार करोड ९३ हजार एक सय १३ जना संक्रमणमुक्त भइसकेका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार सात सय ४९ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत पुगेको छ । अमेरिकामा संक्रमतिको संख्या एक करोड २२ लाख ६७ हजार चार सय तीन र भारतमा संक्रमितको संख्या ९० लाख ५० हजार छ सय १३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा ६० लाख २० हजार एक सय ६४ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।