कोरोना संक्रमणबाट थप २२ को मृत्यु, मृतक संख्या १२ सय ९८ पुग्यो

लेखाजोखा न्युज
५ मंसिर २०७७, शुक्रबार १६:०७

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट देशभर थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २२ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर एक हजार नाै सय ४५ संक्रमित फेला परेका जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार नाै सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २४ हजार छ सय ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट पाँच हजार तीन सय ६४ संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयले हालसम्म एक लाख ९१ हजार दुई जना संक्रमित डिस्चार्ज भइसकेका जनाएको छ ।