१९४५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दुई लाख १५ हजार नाघ्यो

लेखाजोखा न्युज
५ मंसिर २०७७, शुक्रबार १६:०४

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका थप एक हजार नाै सय ४५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर एक हजार नाै सय ४५ संक्रमित फेला परेका जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार नाै सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २४ हजार छ सय ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट पाँच हजार तीन सय ६४ संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयले हालसम्म एक लाख ९१ हजार दुई जना संक्रमित डिस्चार्ज भइसकेका जनाएको छ ।