१६ जेष्ठ २०८०, मंगलबार

भोलिदेखि सार्वजनिक यातायात सञ्‍चालन, लामो दूरीका सवारीका लागि पनि तयारी

लेखाजोखा न्यूज

४ साउन २०७७, आइतबार १:५१

काठमाडौं । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्‍चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्‍चालन गर्न तयार भएका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएका सार्वजनिक सवारीहरु सोमबारदेखि निर्वाध सञ्‍चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार व्यवसायी र यातायात मजदूरका प्रतिनिधिहरुसँगको छलफल गर्दा उनीहरु यातायात सञ्‍चालन गर्न तयार भएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु नेपाल राष्ट्र बैंकल ल्याएको मौद्रिक नीति मार्फत सम्बोधन भएकाले यातायात सञ्‍चालन गर्ने निर्णय भएको बताए ।

सरकारले २६ असारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरूले सवारीसाधन मर्मतका लागि पुनर्कर्जा दिनुपर्ने लगायत माग पूरा नभएसम्म सेवा सुरु नगर्ने बताउँदै आएका थिए ।

कोभिड–१९ संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि आग्रह गरिएको छ ।

हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्‍चालन गर्न सरकारले अनुमति दिएको छ ।

काठमाडौं उपत्यकामा साझा तायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पोहरु फाट्टफुट्ट गुडेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend